चेल्सीले लगातार १३ खेल जित्यो, क्लब कीर्तिमानी कायमै « Image Khabar


चेल्सीले लगातार १३ खेल जित्यो, क्लब कीर्तिमानी कायमै


Imagekhabar
१७ पुष २०७३, आईतवार ०७:२९

शनिबार राति भएको खेलमा चेल्सीले स्टोक सिटीलाई ४-२ ले हराएको हो । यो जितसँगै चेल्सीको ४९ अंक भएको छ ।

त्यसैगरी दाबेदार लिभरपुलले अर्को सशक्त प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई १-० गोलले पराजित गरेको छ । लिभरपुल ४३ अंकका साथ दोस्रो र म्यानचेस्टर सिटी ३९ अंकका साथमा तेस्रो स्थानमा छन् ।

राति नै भएका अन्य खेलमा गतवर्षको विजेता लेस्टर सिटीले वेस्टह्याम युनाइटेडलाई १-० ले पराजित गर्दा म्यानचेस्टर युनाइटेडले मिडल्सब्रोलाई २-१, वेष्ट ब्रोमविच आल्बियनले साउथह्याम्पटनलाई २-१, बर्नमाउथले स्वान्सी सिटीलाई ३-० ले पराजित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्