हिमालयन शेर्पालाई हराउँदै झापा–११ काँकडभिट्टा गोल्डकप फुटबलको सेमिफाइनलमा « Image Khabar


हिमालयन शेर्पालाई हराउँदै झापा–११ काँकडभिट्टा गोल्डकप फुटबलको सेमिफाइनलमा


Imagekhabar
१६ पुष २०७३, शनिबार १८:४६

शनिबार भएको उद्घाटन खेलमा झापाले काठमाडौंको हिमालयन शेर्पा क्लबलाई ‘टाइब्रेकर’मा ५–३ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

पेनाल्टीमा झापाका कर्ण लिम्बू, रन्जित धिमाल, बुद्ध चेम्जोङ, रवि थापा र योगेश गुरुङले गोल गरेका थिए ।

हिमालयनका लागि हेमन गुरुङ, रुपेश केसी र भुपाल गुरुङलेमात्र गोल गरे ।

निर्धारित् समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।

हिमालयन शेर्पा निर्धारित् ९० मिनेटको खेलको अन्तिम तीन मिनेटमा सम्हालिन नसक्दा पराजित भएको हो । २–१ ले पछाडि परेको अवस्थामा झापाका योगेश गुरुङले गोल गर्दै खेलमा बराबरी गरेका थिए ।

यसअघि, खेलको ३७औं मिनेटमा पुजन उपरकोटीको गोलबाट झापाले अग्रता लिएकामा मध्यान्तरपछि हिमालयनले हेमन गुरुङको गोल र रवि थापाको आत्मघाती गोलले २–१ ले अग्रता लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्