ताप्लेजुङको कर्णसिंह सोनाम क्लब फाल्गुनन्द गोल्डकपको क्वार्टरफाइनलमा « Image Khabar


ताप्लेजुङको कर्णसिंह सोनाम क्लब फाल्गुनन्द गोल्डकपको क्वार्टरफाइनलमा


Imagekhabar
१६ पुष २०७३, शनिबार १८:४४

पाँचथरको फिदिममा जारी प्रतियोगिताको शनिबार भएको खेलमा साइनो स्पोर्टिङ क्लब मोरङलाई १–० ले पराजित गर्दै ताप्लेजुङ अन्तिम आठमा पुगेको हो ।

खेलको ६१औं मिनेटमा खमिर गिल्सन कन्दङवा लिम्बूले ताप्लेजुङका लागि निर्णायक गोल गरे ।

प्रतियोगिताअन्तर्गत् आइतबार शेर क्लब कालिम्पोङ–भारत र बिर्ता युनाइटेड झापा–११ बीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल, भारत र भुटानका गरी १० टिम सहभागी प्रतियोगिताको विजेताले २ लाख ५० हजार र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्