
बहुप्रतिक्षित खेलमा राति लिभरपुलले म्यानचेस्टर सिटीसँग खेल्दैछ । खेल लिभरपुलको घरेलु मैदानमा नेपाली समयअनुसार राति सवा ११ बजे सुरु हुनेछ ।
बाँकी ६ खेल राति पौने ९ बजे हुँदैछन् ।
शीर्ष स्थानको चेल्सीले स्टोक सिटीसँग, म्यानचेस्टर युनाइटेडले मिडिल्सब्रोसँग, बर्नलेले सन्डरल्यान्डसँग, लेस्टर सिटीले वेस्टह्याम युनाइटेडसँग, साउथह्याम्पटनले वेष्टब्रोमविच आल्बियनसँग तथा स्वान्सी सिटीले एएफसी बर्नमाउथसँग खेल्नेछ ।
लिग तालिकामा १८ खेलबाट ४६ अंकसहित चेल्सी शीर्ष स्थानमा छ भने दोस्रो स्थानको लिभरपुलको ४० अंक छ ।
त्यस्तै, ३९ अंकका साथ म्यानचेस्टर सिटी तेस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्