स्वास्थ्यमन्त्री गगनकुमार थापा र राज्यमन्त्री तारामान गुरुङलाई भेटी राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्रकुमार पौडेल संयोजक रहेको खेलाडी सुविधा सुझाव कार्यदलले पाँचबुँदे मागसहितको पत्र बुझाएको छ । दक्षिण एसियाली खेलकुद (साग) र एसियन खेलकुदमा स्वर्ण पदक विजेतालाई स्वास्थ्य सेवामा शतप्रतिशत निःशुल्क गर्नुपर्ने, रजत पदक विजेता र ओलम्पिक खेलमा सहभागीलाई ८० प्रतिशत निःशुल्क तथा सागमा कास्य पदक…