महिला ५३ केजी मुनिको तौल समूहमा नेपालकी निमा गुरुङ ईरानकी खेलाडी नाहिद कियानीचन्देहसँग पराजित भईन् । निमाले खेल २ को विरुद्ध २२ अंकले गुमाएकी हुन् । यसैगरी पुरुष ६३ केजी मुनिको तौल समूहमा नेपालका वीरबहादुर महरालाई ताजकिस्तानका दाभ्लातमुराद कारिमोभले १५-१२ ले पराजित गरे । पहिलो चरणमा ८-० ले पछि परेका महराले दोस्रो चरणमा ६-१ ले…