मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले असोज २७ र २९ गते हङकङकै मैदानमा हुने खेलका लागि सोमबार अन्तिम टोलीको घोषणा गरेका हुन् ।
घोषित टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्लसहित शरद भेषावकर, बसन्त रेग्मी, सागर पुन, सोमपाल कामी र विनोद भण्डारी रहेका छन् ।
त्यसैगरी, करण केसी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सुशन भारी, मोहम्मद आशिफ शेख, ललित भण्डारी र सुशील कँडेल अन्तिम १४ मा समेटिएका छन् ।
अस्वस्थताका कारण यसअघि नै टिमबाट बाहिरिएका शक्ति गौचनको अनुपस्थितिमा बायाँहाते स्पिनर सुशील कँडेल पहिलोपटक राष्ट्रिय टिममा पर्न सफल भएका हुन् ।
मेहबुब आलम भने वैकल्पिकमा धकेलिएका छन् । चार वैकल्पिक खेलाडीमा जितेन्द्रकुमार मुखिया, नरेशबहादुर बुढाऐर र कुशल भुर्तेल रहेका छन् ।
नेपाली टोली अहिले प्रशिक्षणका लागि भारतको चेन्नईमा रहेको छ ।









प्रतिक्रिया दिनुहोस्