Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


म्यानचेस्टर सिटीले गर्‍यो वाट्फोर्टमाथि गोलको बर्षा, अग्युरोले गरे ह्याट्रिक


0
Shares

म्यानचेस्टर सिटीले वाट्फोर्टलाई ६–० गोलले पराजित गरेको हो । सिटीको जितमा सर्जियो अग्युरोले ह्याट्रिक गरे ।

यस्तै गाब्रियल जिसस, निकोलस ओटामेन्डी र रहिम स्ट्रर्लिङले एक–एक गोल गरे । जितपछि पाँच खेलबाट १३ अंकसहित सिटी शीर्ष स्थानमा उक्लिएको छ ।

एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेड १० अंकसहित दोस्रो स्थानमा छ ।

राति भएका अन्य खेलमा साउथ ह्याम्पटनले क्रिस्टल प्यालेसलाई १–० ले पराजित गरेको छ भने न्यूक्यासल युनाइटेडले स्टोक सिटीलाई २–१ ले हराएको छ ।

त्यसैगरी टोटनह्याम हट्सपर र स्वान्सी सिटी, वेस्टब्रोम र वेस्टह्याम युनाइटेडले गोलरहीत बराबरीमा खेलेका छन् ।

त्यस्तै लिभरपुल र बर्नले तथा हडल्सफिल्ड र लेस्टर सिटीले पनि समान १–१ को बराबरी खेलेका छन् ।

इङ्लिस प्रिमियर लिगअन्तर्गत आज राती हुने खेलमा चेल्सी र आर्सनल तथा म्यानचेस्टर युनाइटेड र एभर्टन भिड्ने छन् ।