मुवाथाई खेलको पुरुष ६७ केजीमुनिको तौल समूहमा गुरुङ प्रतिस्पर्धा गर्न समयमै रिङमा उपस्थित हुन नसकेपछि प्रतिपक्षी खेलाडी मकाउका का लोन लेई ‘वाकओभर’ पाउँदै विजयी भएका हुन् ।
अस्गाबातमै रहेका नेपाल मुवाथाई संघका अध्यक्ष भीमसेन गुरुङले आफूहरुलाई आयोजकले साँझ सवा ५ बजेको समय दिएको तर सो समयभन्दा अगाडि नै वाकओभर घोषणा गरिएको प्रतिक्रिया दिएका छन् ।
१० दिनसम्म चल्ने प्रतियागितामा नेपालका १८ खेलाडीले विभिन्न ८ खेलमा प्रतिस्पर्धा गर्दैैछन् ।
नेपालले तेक्वान्दो, बुद्धिचाल, पौडी, भारोत्तोलन, पुरुष थ्री वाई थ्री बास्केटबल, मुवाथाई, किक बक्सिङ र कुराँस खेलमा सहभागिता जनाउँदैछ ।
प्रतियोगितामा सहभागी खेलाडीमा तेक्वान्दोबाट नीमा गुरुङ र वीरबहादुर महरा, बुद्धिचालमा मोनालिसा खम्बू र मदनकृष्ण कायस्थ, पौडीका शिरीष गुरुङ र निहारिका तुलाधर, मुवा थाईमा नवराज गुरुङ, भारोत्तोलनमा कमला श्रेष्ठ र प्रकाश केसी, किक बक्सिङबाट दिवस रुेष्ठ र निकेस श्रेष्ठ र कुराँसबाट अस्मिला छन्त्याल, दीपक छन्त्याल र जतान्ती श्रेष्ठ रहेका छन् ।
बास्केटबलमा असीम श्रेष्ठ, विक्रम जोशी, विजय बुर्जा र सौरभ श्रेष्ठ रहेका छन् ।
एसियन इन्डोर तथा मार्सल आर्ट्स गेम्समा एसियाका ४५ देश, ओसियाना क्षेत्रका १९ र एउटा शरणार्थी टिमसहित कुल ६५ टोलीको सहभागिता रहेको छ ।









प्रतिक्रिया दिनुहोस्