Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


नेपाल यु-१९ एसिया कपका लागि छनोट, हङकङ ५ विकेटले पराजित


0
Shares

आइतबार मलेसियाको किन्रारा मैदानमा भएको फाइनलमा हङकङलाई ५ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

यो उपाधिसँगै नेपाल एसीसी यु–१९ एसिया कपका लागि छनोट भएको छ ।

हङकङले दिएको ७७ रनको सामान्य चुनौती नेपालले १४ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

कप्तान दीपेन्द्रसिंह ऐरीले २२ तथा प्रनित थापामगरले अविजित १९ रन बनाए । १९ रन जोडेका सन्दीप सुनार पाँच खेलबाट १४३ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीमा दोस्रो स्थानमा रहे ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ३२ ओभर १ बलमा अलआउट हुँदै ७६ रन बनाएको थियो ।

सन्दीप लामिछाने र साहब आलमले समान ३–३ विकेट लिए । त्यसैगरी, कप्तान दीपेन्द्रसिंह ऐरी र अनिलकुमार शाहले समान एक–एक विकेट लिए ।

सन्दीपले प्रतियोगितामा सर्वाधिक १६ विकेट लिन सफल भए । त्यसैगरी, कप्तान दीपेन्द्र १३ विकेटसहित प्रतियोगिताकै दोस्रो स्थानमा रहे ।

‘इकोनमी रेट’मा पनि सन्दीप अगाडि रहे । उनले मात्र एक दशमलव चार पाँचको इकोनोमीमा बलिङ गरेका थिए ।