डडेल्धुरा, असोज ३ । डडेल्धुराको अमरगढी नगरपालिकाका विभिन्न गाउँबस्तीमा बँदेलले मकैबाली नष्ट पारेको छ । अमरगढी नगरपालिका–६ को दुमडामा किसानले लगाएको करिब एकसय रोपनीको मकै बाली जंगली जनावर बँदेलको जत्था आएर एकै रातमा नष्ट गरेपछि किसानलाई यो वर्ष के खाने भन्ने चिन्ता भएको छ । बँदेलले गाउँको करिब १ सय ५० परिवारको मकैबारी नष्ट गरेको…