२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024


बँदेलले मकैबाली नष्ट गरेपछि किसान चिन्तित


0
Shares

डडेल्धुरा, असोज ३ । डडेल्धुराको अमरगढी नगरपालिकाका विभिन्न गाउँबस्तीमा बँदेलले मकैबाली नष्ट पारेको छ ।

अमरगढी नगरपालिका–६ को दुमडामा किसानले लगाएको करिब एकसय रोपनीको मकै बाली जंगली जनावर बँदेलको जत्था आएर एकै रातमा नष्ट गरेपछि किसानलाई यो वर्ष के खाने भन्ने चिन्ता भएको छ । बँदेलले गाउँको करिब १ सय ५० परिवारको मकैबारी नष्ट गरेको स्थानीय कृषक हरिप्रसाद भट्टले बताए ।

केही वर्ष यता जंगली जनावरले किसानको बालीनाली ध्वस्त गर्ने गरेको घटनामा सरकारले केही नगद क्षतिपूर्ति दिए पनि समस्या समाधान नभएको भन्दै सरोकारवाला निकायको ध्यनाकर्षण गराएका छन् । दिउँसो ओढारमा लुक्ने र साँझपख गाउँको बाली खाएर नष्ट गरिदिएपछि दमडालगायत जिल्लाका विभिन्न स्थानका कृषकहरु खेती छोड्ने वा विकल्प रोज्ने भन्ने संकटमा परेका छन् ।