धनगढी उपमहानगरपालिकाको वडा कार्यालयमा आगजनी • Image Khabar Image Khabar


धनगढी उपमहानगरपालिकाको वडा कार्यालयमा आगजनी


Imagekhabar
२ आश्विन २०७६, बिहीबार १३:०२

धनगढी उपमहानगरपालिकाको वडा कार्यालयमा आगजनी

धनगढी, असोज २ । धनगढी उपमहानगरपालिका–८ को वडा कार्यालयमा गएराति अज्ञात समूहद्वारा आगजनी भएको छ ।

राति करीब १० बजेको समयमा कार्यालयको झ्यालका शिशा फुटाएर पेट्रोल भरिएको मिनरल वाटरको बोतलभित्र फालेर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

आगलागी भएको खबर थाहा पाउनासाथ समयमै आगो नियन्त्रण गरिएकाले खासै क्षति हुन नपाएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

नेत्रविक्रम चन्द समूहले आगजनी गरेको हुनसक्ने आशङ्का गरिएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । (रासस)

प्रतिक्रिया दिनुहोस्