काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले लामो समयदेखि परिवारबाट टाढा रहेर काम गरिरहेका नेपाली श्रमिकलाई परिवारसँग पुनर्मिलन गराउने उद्देश्यले अभियान सञ्चालन गर्न लागेको हो।
शनिबार दोहास्थित गोर्खाली रेस्टुरेन्ट, मुन्जतामा आयोजित पत्रकार सम्मेलनमार्फत अभियानबारे जानकारी गराइएको हो।
अभियानअन्तर्गत छनोट भएका १० जना नेपाली श्रमिकका परिवारलाई कतार भ्रमणमा ल्याइनेछ। उनीहरूको हवाई टिकट, विमानस्थलमा स्वागत तथा बिदाइ, तारे होटलमा बसोबास र कतारका विभिन्न पर्यटकीय स्थलको भ्रमणको व्यवस्था गरिने आयोजकले जनाएको छ।
भिक्टोरिया गोल्ड एन्ड डायमन्डको मुख्य प्रायोजन तथा क्यूएफएम रेडियो नेटवर्कको सहकार्यमा सञ्चालन हुने अभियानले लामो समयको पारिवारिक दूरी कम गर्दै श्रमिक र उनीहरूका परिवारबीच खुसी तथा आत्मीयता साटासाट गर्ने लक्ष्य राखेको छ।
अभियानका आगामी प्रक्रिया र थप विवरण संघका आधिकारिक सञ्चारमाध्यममार्फत सार्वजनिक गरिने जनाइएको छ।









प्रतिक्रिया दिनुहोस्