Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई एक लाख पुरस्कार


0
Shares

हेटौंडा । बागमती प्रदेश सरकारले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने आफ्ना खेलाडीलाई नगद पुरस्कार दिने भएको छ।

प्रदेश खेलकुद विकास परिषद्को शनिबार बसेको २६औँ विस्तारित बोर्ड बैठकले स्वर्ण पदक विजेतालाई एक लाख, रजत पदक विजेतालाई ७५ हजार र कांस्य पदक जित्नेलाई ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो।

आगामी मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने प्रतियोगितामा बागमतीले २२ खेलमा सहभागिता जनाउने परिषद्का सदस्यसचिव दीपक लामाले जानकारी दिनुभयो।

प्रतियोगिताका लागि जिल्लास्तरमा खेलाडी छनोट प्रक्रिया तत्काल सुरु गरिनेछ। छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर तयारी गराउने योजना रहेको परिषद्ले जनाएको छ।

बैठकले हेटौंडा–६, गौरीटारमा सिन्थेटिक ट्र्याक र तीन हजार दर्शक क्षमताको बहुउद्देश्यीय कभर्डहल निर्माणका लागि बहुवर्षीय ठेक्का आह्वान गर्ने निर्णयसमेत गरेको छ।