Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


म्याक्स टाइगरको ‘दशैं धमाका, ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने माैका


0
Shares

काठमाडाैं । म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैंलाई लक्षित गर्दै ‘दशैं धमाका २०२६’ अभियान सार्वजनिक गरेको छ । अभियानअन्तर्गत उपभोक्ताले यामाहा मोटरसाइकल तथा स्कुटरसहित प्रोटोन कार जित्ने अवसर पाउनेछन् ।

ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीले अभियानको औपचारिक घोषणा गरेको हो । कम्पनीका अनुसार अभियानअन्तर्गत देशभर विशेष पुरस्कारयुक्त म्याक्स टाइगरका क्यान वितरण गरिनेछ ।

अभियानमा १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल र १८ जनाले यामाहा रे जेआर स्कुटर जित्नेछन् । त्यस्तै, बम्पर पुरस्कारका रूपमा एक जना भाग्यशाली विजेताले प्रोटोन कार प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

विशेष पुरस्कार अंकित क्यान प्राप्त गर्ने उपभोक्ता नै विजेता बन्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । देशभर त्यस्ता क्यान वितरण गर्दै अभियानलाई उपभोक्तामाझ पुर्‍याउने तयारी गरिएको छ । कलाकार राजेश हमालले पनि अभियानमा सहभागिता जनाउँदै दशैंको उत्साहसँगै पुरस्कार जित्ने अवसरले उपभोक्तामा थप रोमाञ्च सिर्जना गर्ने बताए ।

म्याक्स टाइगरका अनुसार ‘दशैं धमाका २०२६’ को उद्देश्य चाडपर्वको उत्साह र उपभोक्ताको ऊर्जालाई ब्रान्डसँग जोड्दै सम्बन्ध अझ मजबुत बनाउनु हो । दशैंको किनमेल, भेटघाट र उत्सवको माहोलमा उपभोक्तालाई उत्पादनसँगै आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्न अभियान ल्याइएको कम्पनीको भनाइ छ।