विभिन्न देशका राष्ट्राध्यक्षबाट राष्ट्रपति भण्डारीलाई संविधान दिवसको शुभकामना • Image Khabar Image Khabar


विभिन्न देशका राष्ट्राध्यक्षबाट राष्ट्रपति भण्डारीलाई संविधान दिवसको शुभकामना


Imagekhabar
३ आश्विन २०७६, शुक्रबार ११:१३

विभिन्न देशका राष्ट्राध्यक्षबाट राष्ट्रपति भण्डारीलाई संविधान दिवसको शुभकामना

काठमाडौं, असोज ३ । संविधान दिवसका अवसरमा विभिन्न देशका राष्ट्राध्यक्षहरुले नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेग्लाबेग्लै  शुभकामना सन्देश पठाउँदै नेपाल सरकार, नेपाली जनताका साथै राष्ट्रपति भण्डारीको सुख, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन् ।

संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीया, थाइल्यान्डका नरेश महा वजिरलोङकर्न फ्रा वजिरक्लाओचाओयुहुआ, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रो, प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राष्ट्रपति चो रोङ हे,  अरब गणतन्त्र, इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी र म्यान्माका राष्ट्रपति विनमिन्टले राष्ट्रपति भण्डारीलाई बेग्लाबेग्लै शुभकामना सन्देश पठाएर हार्दिक बधाई ज्ञापन गरेका हुन् । (रासस)

प्रतिक्रिया दिनुहोस्