बिजुलीको पोलमा आगो • Image Khabar Image Khabar


बिजुलीको पोलमा आगो


Imagekhabar
२ आश्विन २०७६, बिहीबार १८:०७

बिजुलीको पोलमा आगो

काठमाडौं, असोज २ । काठमाडौंको गैरीधारास्थित बिजुलीको एउटा पोलमा बिहीबार दिउँसो आगो लागेको छ ।

‘सर्ट सर्किट’का कारण लागेको आगोबाट पोलमा रहेका तार जलेर नस्ट भएका छन् ।

आगो नियन्त्रणका लागि दमकल आइपुग्न ढिलाइ भएका कारण आगो नियन्त्रणमा लिन लामो समय पर्खनुपरेको थियो ।

सुरुमा नेपाल प्रहरीले आगो निभाउने कोसिस गरेको थियो । पछि दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट अन्य क्षति भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्