
झापा । झापाको कमल गाउँपालिका–५ मा विषालृु जंगली च्याउ खाँदा ५ जना बिरामी भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार उनीहरुले हिजो साँझ जंगलबाट ल्याएको च्याउ खाएका थिए ।
विरामी पर्नेमा ५० वर्षीया मीना सार्की, उनका छोरा २९ वर्षीय रमेश सार्की र २५ वर्षीय कुमार सार्की छन् ।
त्यस्तै सोही गाउँका ७१ वर्षीय दुर्गा जिमी राई र उनको श्रीमती ५८ वर्षीया मनकुमारी राई पनि विरामी भएका छन् ।
दमकमा उपचार हुन नसकेपछि थप उपचारका लागि उनीहरुलाई राति नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।
उनीहरु सबैको अवस्था गंभिर रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्