भीमदत्तनगर, पुस १७ । मृतकका परिवारलाई क्षतिपूर्ति दिनु पर्ने माग राख्दै पूर्वपश्चिम राजमाग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी–झलारी खण्ड अवरुद्ध भएको छ । मङ्गलबार राति सो सडकखण्ड अन्तर्गत कृष्णपुर नगरपालिकास्थित आमखैया जङ्गलमा भारतीय पर्यटक बसले बेदकोट नगरपालिका–३ का ४४ वर्षीय जय रानालाई ठक्कर दिँदा मृत्यु भएपछि स्थानीयवासिन्दाले बिहीबार बिहानदेखि सो सडकखण्ड अवरुद्ध पारेका हुन् ।…