काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका, २०५९ संशोधन गरी नयाँ मापदण्ड लागू गरेको छ । गत मङ्सिर २४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार दोस्रो संशोधनसहित जारी गरिएको यो निर्देशिका जारीपछि अब विदेशी शिक्षण संस्थाको सम्बन्धनमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने प्रयोजनका लागि अनुमति प्रदान गर्दा वा सम्बन्धन परिवर्तन…