५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


राकेशको खुट्टा गुम्यो, छोराको हातखुट्टा नै जल्यो: पैसा नहुँदा उपचार गर्न धौ धौ


0
Shares

सागर महत/ईमेज

अर्घाखाँची । तीन वर्षअघि क्यान्सरबाट एउटा खुट्टा गुमाएका अर्घाखाँचीको मालारानी गाउँपालिका–५ का राकेश थापाको परिवारमा फेरि अर्को पीडा थपिएको छ ।

आर्थिक अवस्था निकै कमजोर रहेका थापाका छोराको केही दिनअघि आगोमा परेर हातखुट्टा जलेपछि उपचार खर्च नहुँदा समस्या भइरहेको हो ।

थापाले २०७३ सालमा क्यान्सरले गर्दा दाहिने खुट्टा गुमाउनुप¥यो । अहिले उनी घरमै आराम गरेर दिन बिताइरहेका छन् ।

आयस्रोत केही पनि नभएका कारण सहयोगकै भरमा उनले दैनिक खर्च टार्दै आएका छन् । चरम अभाव र गरिबीमा जीवन बिताइरहेका राकेशको परिवारमा फेरि अर्को आपत् आइलागेको छ ।

१४ वर्षका छोरा राजन थापा पानी तताउने क्रममा दुवै खुट्टा र हात जलेपछि घाइते भएका छन् ।

उनका दुईवटा खुट्टा र एउटा हातको अपरेसन गरिएको छ । काठमाडौँस्थित कीर्तिपुरमा उपचार भइरहेको र खर्चको जोहो गर्न निकै समस्या परेको उनका बुवा राकेशको गुनासो छ ।

नव दीपयुवा क्लबले सामाजिक सञ्जालमार्फत् चलाएको आर्थिक सहयोग अभियानबाट थोरै रकम जुटे पनि त्यो अपर्याप्त रहेको जनाइएको छ ।

आफूहरुसँग नभएर सहयोग माग्नुपरेको भन्दै राजनका हजुरबुवाले पनि सक्दो सहयोग गर्न आग्रह गरेका छन् ।

आर्थिक अवस्था निकै दयनीय रहेको यो परिवारले उपचार खर्च जुटाइदिन सबैतिर याचना गरिरहेका छन् ।