
काठमाडौं, पुस १५ । चनियाँ नागरिकहरुले नेपालमा बसेर अवैध गतिविधि गरेको र उनीहरु अझै पनि ठूलो संख्यामा रहेको भन्दै अनुसन्धान भईरहेको बेला गृहमन्त्रालयले घर धनीहरुलाई भाडामा बस्नेहरुको सम्बन्धमा जानकारी गराउन आग्रह गरेको छ ।
गृह मन्त्रालयमा सोमबार (आज) दिउँसो बसेको सुरक्षा बैठकले काठमाडौं उपत्यका र देशभरका शहरी क्षेत्रमा घरभाडा लिएर बस्नेहरुको जाकारी दिन अनुरोध गरेको हो ।
गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहितको बैठकले विभिन्न व्यक्ति र समुहहरु आपराधिक गतिविधिमा संलग्न रहेको निष्कर्ष निकाल्दै त्यस्ता गतिविधि रोक्नका लागि आवश्यक कदम चाल्न निर्देशन दिएको हो ।
मन्त्रालयले उपत्यका तथा देशका मुख्य शहरी क्षेत्रका घर धनीहरुलाई भाडामा बस्ने व्यक्ति, संस्था वा कार्यालयको विषयमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ ।
घर भाडामा बस्ने र छाड्नेहरूको नियमित एवम् अद्यावधिक अभिलेख राख्न पनि गृहको विज्ञप्तीमा आग्रह गरिएको छ ।
विभिन्न व्यक्ति तथा समूहहरु विष्फोटक पदार्थको भण्डार तथा यौनजन्य क्रियाकलापमा समेत संलग्न रहेको ठहर पनि वैठकले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्