Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


फिफा विश्वकप फुटबलमा आज राति अर्जेन्टिना-इजिप्ट र स्विट्जरल्याण्ड-कोलम्बियाबीच प्रतिस्पर्धा हुने


0
Shares

काठमाडाैं । फिफा विश्वकप फुटबलकाे प्रि-क्वार्टरफाइनल खेलमा मंगलबार राति अर्जेन्टिना र इजिप्टकीच प्रतिस्पर्धा हुने भएकाे छ ।

अमेरिकाको एटलान्टा स्टेडियममा मंगलबार राति पौने १० बजेदेखि अर्जेन्टिना र इजिप्टकीच प्रतिस्पर्धा हुने भएकाे हाे । राउण्ड अफ थर्टी टु को खेलमा अफ्रकी प्रतिद्धन्दी केप भर्डेलाई अतिरिक्त समयमा हराउँदै अर्जेन्टिना प्रिक्वार्टफाइनलमा पुगेको छ। इजिप्टले नकआउट चरणको पहिलो खेलमा अष्ट्रेलियालाई पेनाल्टी सुटआउटमा हराएको थियो । साविक विजेता अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले जारी विश्वकपमा सात गोल गरिसकेका छन् ।

मंगलबारै राति स्विट्जरल्याण्ड र कोलम्बियाबीच पनि प्रतिस्पर्धा हुने भएकाे हाे । खेल क्यानाडाको भ्यानकुभरमा रहेको बिसी प्लेसमा बुधबार बिहान पौने २ बजेदेखि शुरु हुने भएकाे छ । कोलम्बिया राउण्ड अफ थर्टी टु मा अल्जेरियालाई २–० ले पराजित गरेकाे थियाे । त्यस्तै, कोलम्बियाले स्विट्जरल्याण्ड र घानालाई पनि १–० गाेलले पराजित गर्दै कोलम्बिया प्रिक्वार्टरफाइनलमा पुगेका हुन् ।

यो खेलपछि विश्वकप फुटबलको सबै चार वटा क्वार्टरफाइनल खेलहरु तय हुने भएका छन् ।