Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


सर्लाहीबाट २३ लाख रूपैयाँकाे अवैध काठसहित गाडी प्रहरीकाे नियन्त्रणमा


0
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलले सर्लाहीको मलंगवा नगरपालिका–२ स्थित सीमा ईलाकाबाट यहि असार २१ गते २३ लाख रुपैयाँ बराबरको काठसहित गाडी नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीले काठ लैजान लागेका गोरखा जिल्ला घर बताउने अन्दाजी ३५ वर्षिय डोर बहादुर उपरकोटी र भारत घर बताउने अन्दाजी २८ वर्षिय मुकेश शर्मा रहेकाे जनाएकाे हाे । नेपालबाट अवैध रुपले प्र.२–०४–००१ च ००९३ नम्बरको पिकअप गाडीमा राखेर भारततर्फ लैजान लागेको एक सय क्यूफिट काठ र एक थान बक्स पलंगसहित उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलंगवाले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएका दुवै जनालाई बरादम काठ तथा गाडीसहित आवश्यक कारवाहीको लागि डिबिजन वन कार्यालय लालबन्दी सर्लाहीमा बुझाईएको छ । यसैगरी सोही जिल्लाको हरिपुर नगरपालिका–३ धनकौलाबाट असार २१ गते करिब ९७ लाख २० हजार रुपैयाँ बराबरको कत्ताकपडा बरामद गरिएको हाे ।

सोही ठाउँको कपडा पसलमा उक्त लत्ता-कपडा अवैध रुपले लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलंगवा र जिल्ला प्रशासन कार्यालय सर्लाहीको संयुक्त टोलीले बरामद गरेको छ। बरामद गरिएकाे लत्ता-कपडा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सर्लाहीमा बुझाएको सशस्त्र प्रहरीले जनाएकाे हाे ।