Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष कान्डाबीच सिंहदरबारमा भेटवार्ता


26
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल भ्रमणमा रहेका एशियाली विकास बैंक (भएको छ ।

साेही भेटवार्ता मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको हो । प्रधानमन्त्री शाहसँग द्विपक्षीय भेटवार्ता गर्ने एडीबीका अध्यक्ष कान्डा पहिलो विदेशी बन्नुभएकाे छ । २०८२ चैत १३ गतेदेखि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका शाह यसअघि कुनै पनि विदेशी नेतासँग द्विपक्षीय भेटवार्तामा सहभागी हुनुभएकाे थिएन् । उहाँले विदेशी राजदूतहरूलाई पनि एक्लै शिष्टाचार भेट दिनुभएकाे छैन ।

विदेशी राजदूतहरूले उहाँसँग दुई पटक सामूहिक शिष्टाचार भेटवार्ता गरेका छन् । अमेरिकी उप तथा सहायक मन्त्रीहरू आउँदा पनि प्रधानमन्त्री शाहले भेट गर्न समय दिनुभएकाे छैन । भारतीय विदेश सचिव विक्रम मिश्रीलाई भेटवार्ताको लागि समय नदिएपछि सचिव मिश्रीले आफ्नो नेपाल भ्रमण स्थगित गर्नुभएकाे थियाे ।

प्रधानमन्त्री शाहले प्रोटोकल मिचेर भेटवार्ता नगर्ने भन्दै समकक्षीहरूसँग मात्र भेटवार्ता गर्ने अडान लिँदै आउनुभएकाे छ।