Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


कर्णाली प्रदेशका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा

३३ स्थानीय तहमा भने स्थापना हुन बाँकी

0
Shares

काठमाडौं । कर्णाली प्रदेशका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् ।

७९ वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना हुन बाँकी रहेकाे हाे । जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतकी प्रमुख डा. इन्दिरा कँडेलले कर्णालीमा मौसम मापन केन्द्र ७१ वटा सञ्चालनमा रहेकाे बताउनुभयाे । जलमापन केन्द्र ३१ सञ्चालनमा रहेकाे र दुई वटा हेर्नका लागि जनशक्ति नहुँदा काम हुन नसकेको उहाँकाे भनाइ छ।

त्यस्तै, दैलेख र सुर्खेतको सीमानास्थित गुँरासेमा मौसम राडान केन्द्र लामो समयदेखि बन्द रहेका प्रमुख कँडेलले जानकारी दिनुभयाे । चट्याङले क्षति पुर्‍याएपछि दुई वर्षदेखि ती केन्द्र प्रयोगमा आउन नसकेकाे पनि बताउनुभएकाे छ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मौसम सम्बन्धी जानकारी दिने उद्देश्यले यी राडार स्थापना गरिएको थियो ।

हाल ती राडारमा जडान गर्ने उपकरण विदेशबाट खरिद भए पनि जडान गर्ने जनशक्ति नेपालमा नभएकाले समस्या भएको भन्दै आगामी वर्ष जडान गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रमुख कँडेलले बताउनुभएकाे छ । मौसम मापन केन्द्रको अभावले स्थानीयस्तरको मौसमीय अवस्था यथार्थ रूपमा विश्लेषण गर्न कठिन हुने गरेको हाे ।

कर्णाली प्रदेश सरकारले मौसम पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ । प्रदेशका सरकारले मौसम मापन केन्द्र नभएका स्थानीय तहमा आवश्यक उपकरण व्यवस्थापनका लागि प्रदेश सरकारले सहयोग गर्ने समेत जनाएकाे हाे ।