Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


मकवानपुरमा असार २४ देखि २८ गतेसम्म राहदानी सेवा बन्द हुने


0
Shares

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय मकवानपुरले यहि असार २४ देखि २८ गतेसम्म राहदानी सेवा बन्द हुने जनाएको छ ।

प्रशासनले साेमबार राति एक सूचना जारी गर्दै राहदानी विभागको पत्र अनुसार असार २९ गतेदेखि नयाँ राहदानी प्रणाली कार्यान्वयनको तयारी भएकाले चार दिन सेवा बन्द हुने जनाएको हो । प्रशासकीय अधिकृत सरोजप्रसाद पौडेलले राहदानीका आवेदन पेश गरेकाे तर अस्वीकृत भई पुनःआवेदन गर्नुपर्ने र विभागबाट राहदानी छपाइ भई आएकालाई मंगलबार कार्यालय समयभित्र सेवा लिन पनि आग्रह गरिएको बताउनुभयाे।

प्रशासनले यहि असार २९ गतेदेखि नयाँ राहदानी प्रणालीमार्फत आवेदन कार्य पुनः नियमित हुने जनाएको छ।