
काठमाडौं, पुस १६ । समाजसेवी तथा व्यवसायी स्वर्गीय भरतलाल श्रेष्ठ र सञ्चार उद्यमी स्वर्गिय पुष्करलाल श्रेष्ठको नाममा कामना न्यूज पब्लिकेसन्स प्रालिले सम्मान अवार्ड स्थापना गरेको छ ।
सो अवार्ड यही पुस १९ गते सीजी इन्टरटेनमेन्टको प्रस्तुतिमा राजधानीमा हुने गोदरेज नम्बर वन कामना फिल्म अवार्डस् २०७६ समारोहमा प्रदान गरिने छ ।
भरतलाल ह्युम्यानिटेरियन अवार्ड तथा पुष्करलाल मिडिया अवार्ड क्रमशः समाज सेवा र नेपाली मिडियाका क्षेत्रमा उल्लेख्य योगदान दिने व्यक्तित्वहरुलाई प्रदान गरिने कामना न्यूज पब्लिकेसन्सले जनाएको छ ।
लायन्स क्लबलगायतका समाजसेवी संस्थामा रहेर आजीवन सेवा पुर्याएका भरतलाल श्रेष्ठको २०७२ सालमा निधन भएको हो ।
त्यसैगरी कामना न्यूज पब्लिकेसन्सका संस्थापक पत्रकार पुष्करलाल श्रेष्ठको ६१ वर्षको उमेरमा गत वैशाख ४ गते निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्