Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले चिसो बढ्यो, वर्षा र हिमपातको सम्भावना


0
Shares

 काठमाडौं, पुस १७ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यका लगायत देशभर चिसो बढेको छ ।  देशभर मौसम सामान्य बदली रहेको छ ।

आज उच्च पहाडी तथा हिमाली भुभागका अधिकांश स्थानहरुमा हिमपात र पश्चिम तथा मध्यका केही स्थानमा  वर्षाको तथा पूर्वका एक वा दुई स्थानमा हल्का वर्षाको संभावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आज राती  देशभर  सामान्य बदली रही केही स्थानमा मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भु-भागमा भने हिमपातको सम्भावना छ । 

मौसम बदलीसंगै वर्षा र हिमपातको संभावना रहेको र चिसो बढ्ने हुनाले सतर्कता अपनाउन पनि मौसम पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान  

पौष १७  गते (बिहिबार)

दिउँसो देशभर  सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भु-भागका अधिकांश स्थानमा हल्का देखि मध्यम हिमपात र पश्चिम तथा मध्यका केही स्थानमा हल्कादेखि मध्यम  वर्षाको तथा पूर्वका एक वा दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ ।

राती देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम  वर्षाको संभावना रहेको देखिन्छ । उच्च उच्च पहाडी तथा हिमाली भु(भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिन्छ ।

पौष १८  गते (शुक्रबार)

दिउँसो स्देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भु-भागमा मध्यमदेखि भारी  हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्का देखि मध्यम  वर्षाको संभावना रहेको छ ।

राती देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भु-भागमा मध्यम देखि भारी  हिमपात र पहाडि तथा तराईका केही स्थानमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

पौष १९  गते (शनिबार)

दिउँसो देशभर रही उच्च पहाडी तथा हिमाली भु-भागमा हल्कादेखि मध्यम  हिमपात र पहाडि तथा तराईका थोरै स्थानमा हल्कादेखि मध्यम  वर्षाको संभावना रहेको छ ।

राती  देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भु-भागमा मध्यमदेखि भारी  हिमपात र पहाडि तथा तराईका थोरै स्थानमा हल्का देखि मध्यम  वर्षाको संभावना रहेको छ ।