Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


राष्ट्रिय पोशाक दिवसमा काठमाडौंमा सद्भाव र्‍याली


0
Shares

काठमाडौं । दौरा सुरुवाललाई राष्ट्रिय पोशाकको रुपमा पुनस्थापित गर्न माग गर्दै आज(बिहीबार) विभिन्न संघ संस्थाले काठमाडौमा सद्भाव र्‍याली निकालेका छन् ।

सातौ राष्ट्रिय पोशाक दिवसको अवसरमा राष्ट्रिय धरोहर प्रतिष्ठान नेपाललगायतका संघ संस्थाले दौरा सुरुवाल र गुन्यूचोलीलाई राष्ट्रिय पोशाकको रुपमा मान्यता दिन माग गरेका हुन् ।

हरेक देशको राष्ट्रिय पोशाक हुने भन्दै नेपालीको पनि आफ्नो राष्ट्रिय पोशाक हुनुपर्ने उनीहरुको भनाई थियो ।

राष्ट्रियताको लागि सबै नेपाली एकजुट हुनुपर्ने भन्दै राष्ट्रिय पहिचानबाट मुलुक बलियो हुने भएकाले पोशाक दिवसलाई मान्यता दिनुपर्ने उनीहरुको भनाइ थियो ।

मेरो शान मेरो पहिचान, राष्ट्रिय पोशाक संरक्षण महाअभियान भन्ने नाराका साथ निस्केको सद्भाव र्‍याली बबरमहल, नयाँ बानेश्वर हुँदै माईतीघर पुगेर समापन भएको थियो ।