Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


ठेकेदारले ज्याला नदिएपछि मजदुरहरु आन्दोलित


0
Shares

म्याग्दी, पुस १७ । कालीगण्डकी करिडोर सडकअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाका मजदुरहरु ठेकेदारले ज्याला नदिएपछि आन्दोलित भएका छन् । 

म्याग्दीको राहुघाटदेखि नारच्याङ पुल खण्डको सडक स्तरोन्नतिको जिम्मा लिएको शर्मा–युनाइटेड जेभीले ज्याला नदिएपछि नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को अगुवाइमा मजदुरहरु आन्दोलनमा उत्रिएका हुन् ।

मजदुरहरुले आन्दोलन गरेपछि सडक निर्माणको काम बन्द भएको छ । निर्माण कम्पनीले २ सय बढी कामदार परिचालन गरेको ९ वटा पेटी ठेकेदारलाई १ करोड ११ लाख रुपैयाँ ज्याला दिन बाँकी रहेको मजदुरका नाइके वेदबहादुर थापाले बताए ।

मजदुरका गुनासोबारे आयोजनामार्फत सम्बन्धित निर्माण कम्पनीको ध्यानकर्षण गराइएको र मजदुरको समस्या बारे प्रशासन कार्यालयले निरन्तर सहजीकरण गरेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए ।