शुक्रबार भक्तपुरमा रफत सन्चार क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा सांसदहरुले शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले जनभावना, चाहना र भूगोलको अवस्थालाई मूल्यांकन नगरी हेटौंडालाई हचुवामा अस्थायी राजधानी तोकेको बताए । प्रदेश–३ को भूगोलकै हिसाबमा पनि हेटौंडा राजधानीका लागि उपयुक्त नभएको काभ्रेका सांसद गोकुल बाँस्कोटाले बताए । दोलखाका सांसद पार्वत गुरुङले पूर्व सिन्धुलीदेखि पश्चिम चितवनलाई हेरेर राजधानी तोकिनुपर्ने…