१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


नवनियुक्त प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी मोदीको बधाइ


0
Shares

गएराति अबेर टेलिफोन गरेर मोदीले प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिएका हुन् । मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताएका थिए ।

नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि मोदीले व्यक्त गरे ।

प्रधामन्त्री ओलीले मोदीलाई बधाइ तथा शुभकामना व्यक्त गरेमा धन्यवाद दिएका थिए । ओलीले आफ्नो ध्यान नेपालको विकास र समृद्धिमा केन्द्रित रहेको र भारतसँगको मित्रता अझ सुदृढ बनाउन प्रयासरत रहने बताएका थिए ।

यसैगरी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि प्रधानमन्त्री ओलीलाई टेलिफोन गरी सफल कार्यकालका लागि शुभकामना दिएकी थिइन् ।

उता, उत्तरी छिमेकी चीनबाट पनि चिनियाँ प्रधानमन्त्री ली खछ्याङले ओलीले नेपालको प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा बधाइ दिएका छन् ।

प्रधानमन्त्री ओलीको कार्यकालमा चीन–नेपाल सम्बन्ध अझ सुदृढ तुल्याउनुका साथै पारस्परिक लाभका द्विपक्षीय सहयोगका क्षेत्रमा मिलेर काम गर्ने उनले बताए । चिनियाँ प्रधानमन्त्रीले ‘एक क्षेत्र एक मार्ग’अन्तर्गत विविध क्षेत्रमा पारस्परिक लाभका क्षेत्रमा सहयोग गरिने पनि बताए ।

बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले पनि प्रधानमन्त्री ओलीलाई बधाई दिँदै नेपाल र नेपाली जनताको कल्याणका निम्ति नेता ओलीले निर्वाह गरेको भूमिकाको नेपाली नागरिकले उच्च मूल्यांकन गरेको उल्लेख गरिन् । दक्षिण एशियाको शान्ति र समृद्धिका लागि प्रधानमन्त्री ओलीसँग सहकार्य गर्न आफू उत्सुक रहेको उनको भनाइ छ ।