केशव भण्डारी (इमेज):बुटवल, फागुन ३ । प्रदेश नम्बर–५ का नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशप्रमुख उमाकान्त झाले बुटवलस्थित प्रदेशप्रमुखको निवासमा मुख्यमन्त्री पोखरेललाई शपथग्रहण गराएका हुन् । मुख्यमन्त्री पोखरेलले बिहीबारै पदभारसमेत ग्रहण गरे । उनले पहिलो चरणमा बिहीबारै तीन सदस्यीय मन्त्रिपरिषद गठनसमेत गरेका छन् । उनले नेकपा एमालेका बैजनाथ…