
केशव भण्डारी (इमेज):
बुटवल, फागुन ३ । प्रदेश नम्बर–५ का नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेशप्रमुख उमाकान्त झाले बुटवलस्थित प्रदेशप्रमुखको निवासमा मुख्यमन्त्री पोखरेललाई शपथग्रहण गराएका हुन् ।
मुख्यमन्त्री पोखरेलले बिहीबारै पदभारसमेत ग्रहण गरे ।
उनले पहिलो चरणमा बिहीबारै तीन सदस्यीय मन्त्रिपरिषद गठनसमेत गरेका छन् । उनले नेकपा एमालेका बैजनाथ चौधरीलाई भौतिक पूर्वाधार विकास र नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरुलाई बिहीबारै प्रदेशप्रमुख झाले शपथग्रहण गराए ।
प्रतिक्रिया दिनुहोस्