२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


प्रदेश–४ को सभामुखमा नेत्रनाथ अधिकारी निर्विरोध निर्वाचित


0
Shares

प्रदीप पौडेल (इमेज):
पोखरा, फागुन ३ । प्रदेश नम्बर–४ को सभामुख पदमा नेकपा माओवादी केन्द्रका नेता नेत्रनाथ अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

सभामुखका लागि अधिकारीकोमात्रै मनोनयन दर्ता भएकाले उनी निर्विरोध निर्वाचित भएका हुन् ।

बिहीबार पोखरामा बसेको प्रदेशसभाको दोस्रो बैठकमा अधिकारी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

अधिकारीको प्रस्तावकमा प्रदेशसभा सदस्य हरि चुमान र समर्थकमा किरण गुरुङ रहेका थिए ।

बैठकमा प्रदेशप्रमुखको कार्यालयबाट प्राप्त मुख्यमन्त्री नियुक्तिको पत्र पढेर सुनाइएको थियो ।

सफल संघीयता र ४ नम्बर प्रदेशलाई सफल बनाउन आफू लागिपर्ने नवनिर्वाचित सभामुख अधिकारीले बताए ।

सभामुखमा सर्वसम्मत भएका अधिकारी प्रदेशसभा सदस्य निर्वाचनमा पर्वत ‘क’बाट निर्वाचित भएका थिए ।

प्रदेश–४ का मुख्यमन्त्री र सभामुखको शपथग्रहण शुक्रबार हुने भएको छ । प्रदेशप्रमुखको कार्यालयमा बिहान १० बजे शपथग्रहणको कार्यक्रम तय भएको प्रदेशप्रमुखको सचिवालयले जनाएको छ ।