१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


ओली एमाले संसदीय दलको नेता चयन, दिए यस्तो निर्देशन


0
Shares

काठमाडौं, फागुन ३ । नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओलीलाई चुनिएको छ ।

बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको एमाले संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई सर्वसम्मत् संसदीय दलको नेतामा चुनेको हो ।

दलको नेतामा चयन भएपछि संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले मुलुक निर्माणको महासंकल्पमा केन्द्रित हुन आफ्ना सांसदहरुलाई आह्वान गरे ।

उनले जनताले मन पराउने काममात्र गर्न तथा मर्यादित पोसाक र सामाजिक मर्यादालाई विशेष ख्याल गर्न निर्देशन पनि दिए ।

बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आगामी दिन पार्टी नेतृत्वको सरकार र स्वयं पार्टीमाथि ठूलो चुनौती रहेकाले सचेत रहनुपर्ने बताएका थिए ।

नेता नेपालको प्रस्तावमा ओली दलको नेतामा सर्वसम्मत् चुनिएका हुन् ।

भिडियो हेर्नुहोस्