१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


प्रदेश–३ को राजधानी हेटौंडाबाट सार्न सांसदहरुको जोड


0
Shares

शुक्रबार भक्तपुरमा रफत सन्चार क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा सांसदहरुले शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले जनभावना, चाहना र भूगोलको अवस्थालाई मूल्यांकन नगरी हेटौंडालाई हचुवामा अस्थायी राजधानी तोकेको बताए ।

प्रदेश–३ को भूगोलकै हिसाबमा पनि हेटौंडा राजधानीका लागि उपयुक्त नभएको काभ्रेका सांसद गोकुल बाँस्कोटाले बताए ।

दोलखाका सांसद पार्वत गुरुङले पूर्व सिन्धुलीदेखि पश्चिम चितवनलाई हेरेर राजधानी तोकिनुपर्ने भन्दै हेटौंडा कुनै हिसाबले पनि पायक नपर्ने उल्लेख गरे ।

भक्तपुरका प्रदेश सांसद शशिजंग थापाले कामचलाउ सरकारको प्राविधिक टोलीलेसमेत भक्तपुर र बनेपामध्ये एक स्थान प्रदेशको स्थायी राजधानी राख्न उपयुक्त हुने भनेकाले अन्यथा स्वीकार्य नहुने बताए ।

कार्यक्रममा सांसदहरुले भक्तपुर वा काभ्रेमै राजधानी सार्नुपर्ने बताएका थिए ।