
काठमाडौं, फागुन ३ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित सहिद उद्यानमा पुगी सहिदहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
राष्ट्रपति कार्यालय, शीतल निवासमा बिहीबार साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै प्रधानमन्त्री ओलीले सहिद उद्यान पुगी सहिदप्रति पुष्पगुच्छाद्वारा श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।
प्रधानमन्त्री ओलीसँगै नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डित र महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापा पनि साथमा थिए । रासस
प्रतिक्रिया दिनुहोस्