प्रदेश–६ को मुख्यमन्त्रीमा शाही नियुक्त • Image Khabar Image Khabar


प्रदेश–६ को मुख्यमन्त्रीमा शाही नियुक्त


Imagekhabar
३ फाल्गुन २०७४, बिहीबार १९:४३

प्रदेश–६ को मुख्यमन्त्रीमा शाही नियुक्त

मानबहादुर वली (इमेज):
सुर्खेत, फागुन ३ । प्रदेश नम्बर–६ को मुख्यमन्त्रीमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नियुक्त भएका छन् ।

नेकपा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलको समर्थनसमेत पाएका शाहीलाई प्रदेशप्रमुख दुर्गाकेशर खनालले बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री शाहीको शपथग्रहण शुक्रबार हुने जनाइएको छ ।

प्रदेश–६ भागबन्डामा माओवादी केन्द्रको भागमा परेपनि एमालेले आलोपालोको प्रस्ताव राखेपछि मुख्यमन्त्री चयनमा ढिलाइ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्