काठमाडाैं । आगामी असोजमा जापानमा हुने २० औं एशियाली खेलकुदको पुरुष क्रिकेटको समूह चरणमा नेपालले अफगानिस्तान र जापानको सामना गर्ने भएको छ ।
सार्वजनिक समूह विभाजन अनुसार नेपाल समूह ‘ए’मा परेको हो । समूह ‘बी’मा हङकङ, मलेसिया र ओमान छन् । हरेक समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान पक्का गर्ने भएका हुन् । भारत, पाकिस्तान, श्रीलंका र बंगालदेशले सिधै क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
नेपाल छनोटका च्याम्पियनका हैसियतले एशियाली खेलकुदमा सहभागिता जनाउने भएका हुन्। गत महिना सिंगापुरमा सम्पन्न छनोटको फाइनलमा नेपालले हङकङलाई पराजित गरेको थियो । नेपालले पहिलो पटक एशिया खेलकुदको क्रिकेटमा सहभागिता जनाउने भएकाे हाे । छनोट चरण पार गर्न नसक्दा नेपाली महिला क्रिकेट टोली भने एशियाली खेलकुदमा नदेखिने भएका छन् ।









प्रतिक्रिया दिनुहोस्