
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले रूपान्तरित र पुनर्गठित वामपन्थी शक्तिहरूकाे एउटै केन्द्र बनाउने दिशातिर अगाडि बढ्नुपर्ने बताउनुभएकाे छ।
काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले सिङ्गो कम्युनिस्ट आन्दोलनको रूपान्तरण र पुनर्गठन प्रक्रिया अगाडि बढ्नुपर्नेमा जाेड दिनुभउकाे हाे। उहाँले भन्नुभयाे,- ‘अहिले भने हामीले सहकार्य र कार्यगत एकताको प्रक्रिया अगाडि बढाऔँ। सबै पार्टीहरूले आ–आफ्नो रूपान्तरण र पुनर्गठनको प्रक्रिया अगाडि बढाऔँ । आ–आफ्नो पार्टी र रूपान्तरणको प्रक्रिया, पुनर्गठनको प्रक्रिया अगाडि बढाएपछि अहिलेको संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको पक्षमा देशभक्त, लोकतन्त्र पक्षधर र वामपन्थी शक्तिहरूको सहकार्य र कार्यगत एकताको प्रक्रिया अगाडि बढाऔँ ।’
नेता श्रेष्ठले एकीकृत, रूपान्तरित र पुनर्गठित कम्युनिस्ट केन्द्रले नयाँ वैचारिक आधारमा अगाडि बढ्ने बताउनुभयाे। नेपालको कम्युनिस्ट र वामपन्थीहरूले आफूलाई सहकार्य र कार्यगत एकताको प्रक्रियाबाट अगाडि बढ्नुपर्नेमा जाेड दिनुभएकाे छ।









प्रतिक्रिया दिनुहोस्