काठमाडाैं । भारतले पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बाब्वेमाथि ७ विकेटको जित निकालेको छ।
हरारेमा बिहीबार राति सम्पन्न भएकाे खेलमा जिम्बावेले दिएको १ सय २६ रनको लक्ष्य भारतले १३ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गरेकाे हाे । भारतका लागि १५ वर्षीय सूर्यवंशीले १८ बलमा अर्धशतक पूरा गरेका थिए।
यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो । उसका लागि वेस्ली मधेवेरेले ३९ रन बनाए। रायन बर्लले २६ रन जोडेका हुन् । भारतका मयंक यादव र प्रिन्स यादवले समान २ विकेट लिएका छन् ।
दुई टोलीबीचको दोस्रो खेल शनिबार हुने भएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्