Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


प्रदेश–१ मा बन्यो पाँच सदस्यीय मन्त्रिपरिषद


0
Shares

ध्रुव भट्टराई (इमेज):
विराटनगर, फागुन ३ । प्रदेश नम्बर–१ मा बिहीबार पाँच सदस्यीय मन्त्रिपरिषद विस्तार भएको छ ।

मुख्यमन्त्री शेरधन राईको सिफारिसमा प्रदेशप्रमुख डा. गोविन्द तुम्बाङले नेकपा एमालेका हिक्मत कार्कीलाई गृह (आन्तरिक मामिला तथा कानुन), माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई अर्थ (आर्थिक मामिला तथा योजना), एमालेका जगदीश कुशियतलाई उद्योग, पर्यटन, वन तथा वातावरण र जीवन घिमिरेलाई सामाजिक विकासमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री र चारजना मन्त्रीले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई प्रदेशप्रमुख तुम्बाङले शपथग्रहण गराएका हुन् ।

यसअघि, प्रदेशप्रमुख तुम्बाङले बिहीबारै विराटनगरको वीरेन्द्र सभागृहमा आयोजित कार्यक्रमा मुख्यमन्त्री राईलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए ।

मुख्यमन्त्री राईले बिहीबार नै क्षेत्रीय कृषि निर्देशनालमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेका पदभारग्रहण गरेका थिए ।