केन्द्रमा कति मन्त्रालय रहने भन्नेमा अन्योल • Image Khabar Image Khabar


केन्द्रमा कति मन्त्रालय रहने भन्नेमा अन्योल


Imagekhabar
४ फाल्गुन २०७४, शुक्रबार ११:०६

केन्द्रमा कति मन्त्रालय रहने भन्नेमा अन्योल

मन्त्रिपरिषद् अन्तर्गतको प्रशासनिक पूर्वाधार समायोजन समितिले केन्द्रमा १५ वटा मन्त्रालय राख्नुपर्ने निष्कर्ष निकाले पनि सरकारले अनुमोदन नगर्दा अन्योल भएको हो ।

एमाले–माओवादी केन्द्रबीच सत्ता गठबन्धन त बनेको छ । तर कतिवटा मन्त्रालय राख्ने भन्नेमा गृहकार्य भएको छैन । दलीय भागबन्डा पु¥याउनकै लागि एकै प्रकृतिका मन्त्रालयलाई फुटाउँदा फुटाउँदा हाल ३१ वटा बनाइएका छन् । अब सातै प्रदेशमा पनि उत्तिकै संख्या मन्त्रालय राखिएपछि केन्द्र सरकारको आकार सानोभन्दा सानो बनाउनुपर्ने छ ।

संविधानले केन्द्रमा प्रधानमन्त्री, मन्त्री, राज्य वा सहायक मन्त्रीसमेत गरी बढीमा २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन सक्ने भनेको छ । केन्द्रदेखि स्थानीय तहसम्म फैलिएको सरकारको नयाँ संरचनालाई चुस्त र छरितो नबनाउने हो भने राज्यको ढुकुटीले साधारण खर्च थेक्नै नसक्ने भएको छ । यस्तोमा राजनीतिक नेतृत्वले बेलैमा निर्णय नलिँदा कर्मचारी व्यवस्थापनमा भने चुनौति थपिएको हो ।

प्रतिक्रिया दिनुहोस्