
काठमाडौं, फागुन ३ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सिंहदरबारमा पदभारग्रहण गरेका छन् ।
बिहीबार राति ८ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगी उनले पदभारग्रहण गरेका हुन् ।
पदभारग्रहणपछि सन्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रियता र लोकतन्त्रको मर्ममा आँच आउन नदिने प्रतिबद्धता जनाए ।
यसअघि, प्रधानमन्त्री ओलीले बिहीबारै पद तथा गोपनीयताको शपथ लिएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा ओलीलाई शपथग्रहण गराएकी हुन् । उनले जनताको नाममा शपथ लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्