Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


चन्द अस्पताल भर्ना

काठमाडौं, चैत २९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्द हर्निया एवं प्रोस्टेट ग्रन्थीसम्बन्धी उपचारका लागि सोमबार बल्खुस्थित बयोधा अस्पतालमा भर्ना भएका छन् ।पार्टीले पूर्वप्रधानमन्त्री चन्दको शीघ्र स्वास्थ्यलाभको कामना गरेको पार्टी प्रवक्ता ठाकुरप्रसाद शर्माले विज्ञप्तिमा जनाएका छन् । रासस फाइल फोटो