
काठमाडौं, चैत २७ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले संघीयताको कार्यान्वयन गर्दै पार्टी तीन तहको निर्वाचनका लागि तयारीमा जुट्नुपर्ने बताएका छन् ।
शनिबारदेखि सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकलाई प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै उनले स्थानीय, प्रदेश र राष्ट्रिय निर्वाचनका लागि अहिलेदेखि नै तयारी थाल्नुपर्नेमा जोड दिए ।
जटिल परिस्थतिमा बनेको सरकारले अनेकौ चुनौतीहरुबीच पनि आफ्ना कामहरुलाई प्रभावकारी बनाउन प्रयास गरिरहेको उनको भनाइ थियो ।
राहत र पुनःनिर्माणको कामले सोचेअनुसारको गति लिन नसकेकोमा प्रधानमन्त्रीले चिन्ता व्यक्त गरेको एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
बैठकमा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
प्रतिवेदनमा राष्ट्रिय परिस्थिति, सरकारका काम, पार्टीको आन्तरिक जीवनमा रहेका चुनौती र आगामी दिनमा खेल्नुपर्ने भूमिकालगायतका विषय समेटिएका छन् ।
प्रतिक्रिया दिनुहोस्