चुनाव हारेकाले भ्रम छरे : नेम्वाङ • Image Khabar Image Khabar


चुनाव हारेकाले भ्रम छरे : नेम्वाङ


Imagekhabar
२८ चैत्र २०७२, आईतवार १०:००

चुनाव हारेकाले भ्रम छरे : नेम्वाङ

बुटवल, चैत २८ । संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङले नयाँ संविधान विश्वकै उत्कृष्ट र समावेशी रहेको भन्दै यसको कार्यान्वयनका लागि सबै दलहरु लाग्नुपर्ने बताएका छन् ।

आइतबार बुटवलमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा उनले ‘संविधानसभाका ९० प्रतिशतभन्दा धेरैको सहमतिमा बनेको संविधानविरुद्ध चुनाव हारेकाहरुले भ्रम छरेका छन्’–भने ।

संविधान कार्यान्वयन गर्दै समृद्ध मुलुक निर्माणको काममा केन्द्रित हुन उनले दलहरुलाई आग्रहसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्