
काठमाडौं, चैत २६ । नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन माग गर्दै शुक्रबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाँलाई ज्ञापनपत्र बुझाएको छ ।
सात वर्षदेखि स्ववियुको निर्वाचन हुन नसक्दा विद्यार्थीहरुका हक–हीतको विषय ओझेलमा परेको भन्दै नेवि संघले तत्काल चुनाव गराउन माग गरेको हो ।
चुनाव गराउँदा कसैको प्रभावमा नपरी प्रत्यक्ष निर्वाचन प्रणालीअनुसार नै हुनुपर्ने माग पनि गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै उपकुलपति खनियाँले तीन दिनभित्र स्ववियु चुनाव घोषणा गर्न नसकिने स्पस्ट पार्दै प्रक्रिया अघि बढाउन आफूले पहल गर्ने आश्वासन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्